‘चीनको दांजोमा भारतसंग भएको एयर डिफेन्स सिस्टम कमजोर ’

‘चीनको दांजोमा भारतसंग भएको एयर डिफेन्स सिस्टम कमजोर ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी लद्दाख सेक्टरमा चीनको वायु सेनाको लडाकू विमानले उडान भरेको समाचारले भारतमा तरंग ल्याएको छ । चिनियां विमानले सीमा क्षेत्रमा उडान भरेको समाचारसंगै भारतको सेना र एयरफोर्सले एयर डिफेन्स सिस्टम तैनाथ गरेको छ । चीनले सीमा क्षेत्रमा हवाई वेस तयार गरेको समाचार छ । चीनवाट खतरा बढेसंगै भारतले एयर डिफेन्स सिस्टम अलर्ट राखेको हो । भारतको एयर डिफेन्स सिस्टम दुनियांमा त्यति शक्तिशाली नभएपनि चीनलाई रोक्न भने सक्षम छ ।

यस्ता छन् भारतसंग मिसाइल
भारतसंग भएको आकास मिलाइलले जमीनबाट हावामा मार हान्न सक्छ । यो आधुनिक एयर डिफेन्स मिसाइल ३० किलोमीटर टाढासम्म रहेको बैलिस्टिक मिसाइल्सलाई इण्टरसेप्ट गर्न सक्छ । ७२० केजी तौल भएको आकास मिसाइल सुपरसोनिक स्पीडबाट चल्छ । यो १८ किलोमीटर उचाईमा भएको दुश्मनको मिसाइललाई निशाना लगाउन समेत सक्ष्ँम छ । यसबाट ट्रैक या व्हील दुवै सिस्टमबाट फायर गर्न सकिन्छ ।

आकास मिसाइल सिस्टममा ऐडवांस्टड कम्युटर एवंम् एक इलेक्ट्रो मेकानिकल ऐक्टिवेटर लगाइएको हुन्छ । यसले राजेन्द्र नामको रडारबाट सिंग्नलमा निशाना लगाउने गर्छ । यसमा कैयौं अत्याधुनिक फीचर्स छन् । ६४ टार्गेटको ट्रैक गर्न सक्ने र चार निशानामा ८ मिसाइल छोड्न सक्ने क्षमता समेत यसमा छ ।

आकाशपछि भारतसंग पृथ्वी रहेको छ । पृथ्वी एयर डिफेन्स सिस्टम ८० वाट १२० किलोमिटरसम्मको दुरीको इनकमिंग मिसाइल्सलाई निशाना लगाउन सक्छ । सुपरसोनिक यो मिसाइल ३ सय देखी २ हजार किलोमिटरसम्म दुरीवाला बैलिस्टिक मिसाइललाई हावामै ध्वस्त पार्न सक्छ । यो मिसाइल सिस्टम वातावरणको बाहिर आउने वाला मिसाइललाई समेत उडाउन सक्छ । यसमा लामो दुरीको ट्रैकिंग राडार राखिएको हुन्छ जसवाट टारगेट लक गर्न मद्दत पुग्छ ।

भारतसंग अतंरिक्षमा समेत युद्ध लड्ने क्षमता छ । अमेरिका,रुस र चीनसंगमात्र ऐन्टी सेटेलाइट मिसाइल रहेको छ । भारतले गत वर्ष मिशन शक्ति सफलतापूर्वक पुरा गरेको थियो । भारतले ऐन्टी सेटेलाइट मिसाइल उडाएर पुरा विश्वमा आफ्नो स्पेश पावरको क्षमता प्रर्दशन गरिसकेको छ ।

भारतसंग इजराइलबाट ल्याएको स्पाइडर मिसाइल समेत छ । जो ५ देखी ५० किलोमीटरसम्मको दुरीमा मार हान्न सक्छ । त्यसैगरी अश्विन नामको एक स्वदेशी मिसाइल समेत भारतसंग छ । जसले करीब ३० कीलोमीटरसम्मको उचाईमा मिसाइललाई इन्टरसेप्ट गर्न सक्छ ।

भारतले रुसबाट एस ४०० एयर डिफेन्स मिसाइल सिस्टम ल्याउने तयारी गरेको छ । यसबाट भारतिय एयरफोर्सको क्षमता चार गुना बढ्ने अनुमान गरिएको छ । यो दुनियांको सवैभन्दा अत्याधुनिक एयर डिफेन्स स्टिम हो ।

चीनसंग भारतभन्दा कैंयो गुणा शक्तिशाली मिसाइल छ । रुससंग भएको एस ३०० भीजस्तै चीनसंग एचक्यु-९ भी टू स्टेज मिसाइल चीनसंग छ । जसले जमीनवाट हावामा मार हान्न सक्छ । यसको तौल मात्र दुई टन रहेको छ । यसको दुरी २ सय किलोमिटर रहेको छ । थ्रस्ट वेक्टर कन्ट्रोल एक साइडबाट मात्र देखिने यो मिसाइल ट्रान्सपोर्ट लन्चरबाट समेत छोड्न सकिन्छ ।

चीनले एस ३०० एयर डिफेन्स सिस्टम समेत खरिद गरेको छ । चीनले यसलाई एचक्वी १८ नाम दिएको छ । यसले १ सय किलोमीटरसम्म मार हान्न सक्ने क्षमता राख्छ । कुनै कुनै मिसाइलले १ सय ५० किलोमीटर समेत मार हान्न सक्छ । त्यसका साथै राडारले एकैचोटी २ सय निशानालाई डिटेक्ट गर्न सक्छ । चीनसंगका अरु अत्याधुनिक मिसाइलहरु समेत छन् ।

चीनसंग एस ४०० डिफेन्स सिस्टम समेत रहेको छ । रुसवाट लिएको यो मिसाइल पहिले नै चीनसंग थियो । २०१८ मा दुई सेट एस ४०० मिसाइल चीनले खरिद गरेको थियो । भारतसंग चीनको दांजोमा धेरै गुणा शक्तिशाली एयर डिफेन्स सिस्टम छ । भारतसंग पनि मजबूत सिस्टम रहेपनि लामो दुरीमा भने अझै भारत कमजोर छ । एस ४०० रुसबाट खरिद गरेपछि भने भारतको क्ष्ँमता अझै बलियो हुनेछ । भारतले रसियाबाट यो सिस्टम खरिद गर्न लाग्दा अमेरिका र चीनले भारतलाई नबेच्न रुसमाथी दबाव दिने गरेका छन् ।