भारतमा रक्षा बजेट ९ प्रतिशतले बढ्यो, सेनाका लागि सबैभन्दा बढी बजेट

भारतमा रक्षा बजेट ९ प्रतिशतले बढ्यो, सेनाका लागि सबैभन्दा बढी बजेट


काठमाडौं – युनियन बजेट २०२०–२०२१ मा यो वर्ष रक्षा खर्चका लागि ४,७१,३७८ करोड भारु छुट्याइएको छ । यद्यपि ठूलो अन्तरको वृद्धिका बावजुद विभागको माग पुरा गर्न सक्ने किसिमको छैन ।

गत वर्षको रक्षा बजेट १९६२ देखिकै न्यून भएको संचार माध्यमका शीर्षक बनेको थियो । १९६२ मा चीन भारत युद्ध भएको थियो ।

बजेटको ठूलो अंश सेनाका लागि छुट्याइएको छ । यसपछिको अंश नेभी र वायु सेनाका लागि छुट्याइएको छ । बजेटको धेरैजसो अंश सेनाको पेन्सन र तलब दिनका लागि जानेछ ।

विगत ५ वर्षको अवधिमा पेन्सन मात्रै दोब्बर भएको छ । यो ६० हजार करोड भारुबाट १,३३,८२५ करोड भारु पुगेको छ ।

यसले रक्षा मन्त्रालयको उपकरण नविकरण गर्ने अवस्थालाई पछाडि धकेल्न सक्छ । यसले विशेष गरेर एयर फोर्स र नेभी जस्ता प्रविधिमुखी क्षेत्रलाई बिथोल्न सक्छ ।

वर्षको धेरैजसो रक्षा खर्च नयाँ तेजस एमके वान ए विमान प्राप्ति गर्नका लाखि खर्च हुनेछ । यो विमान विकसित खालको भएपनि मिग–२१ विमानको क्षमतामा पुग्नका लागि ३ दसकको अवधि लागेको थियो ।

यति हुदाहुदै पनि विश्वका अन्य फाइटर जेटको तुलनामा मलिननै देखिएको छ । यद्यपि भारतले ८३ तेजस एमके वा ए जेट खरिद गर्ने योजना बनाएको आईसीआईसीआईले जनाएको छ । नयाँ उपकरण प्राप्तिको रक्षा क्षेत्रका लागि पिडाको विषय भएको छ ।

भारतमा उत्पादित प्रविधिहरु राम्रो भर्सनका छैनन् । यती हुदाहुदै पनि भारत विश्वकै चौथो ठूलो सैन्य खर्च गर्ने देश भएको विश्व बैंकले जनाएको छ ।