काठमाण्डु-भारतीय सेनाका सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् ।
असार १६ गते भारतीय सेनाको सेनाध्यक्षमा नियुक्त भएका द्विवेदीको यो पहिलो नेपाल भ्रमण हुने हो । उनले मंसिर ५ गते ९ गतेसम्म नेपालको भ्रमण गर्ने रक्षा मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा आउन लागेका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्नसमेत प्रदान गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई मानार्थ सेनापतिको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउन लागेका हुन् । नेपाली तथा भारतीय सेनाको सेनापतिमा नियुक्त हुने दुवै देशका प्रधानसेनापतिले एकअर्का देशको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिह्न लिने परम्परा छ ।
नेपाल भ्रमणका क्रममा द्विवेदीले रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रधानसेनापति सिग्देलसँग पनि छुट्टाछुट्टै भेट गर्ने छन् । उनको सम्मानमा प्रधानसेनापति सिग्देलले रात्रिभोजको समेत आयोजना गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया