राष्ट्रपति पौडेलले आज भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने

राष्ट्रपति पौडेलले आज भारतीय सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथीको उपाधि प्रदान गर्ने


काठमाण्डु-नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिँदैछ । उनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने छन् ।

नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा अनुसार द्विवेदीलाई सम्मान गरिन लागिको हो ।

राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो पौने २ बजे द्विवेदीलाई मानार्थ महारथीको सम्मान कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

पाँचदिने औपचारिक भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदी मंगलबार काठमाडौं आइपुगेका हु्न् । मानार्थ सम्मानको कार्यक्रम अघि द्विवेदीले प्रधानसेनापति अशोकराज सिग्देलसँग औपचारिक भेट गर्ने कार्यतालिका छ ।

द्विवेदीको यो पहिलो विदेश भ्रमण हो । नेपालमा रहँदा द्विवेदीले धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गर्ने छन् ।