भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा (लाइभ)

भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा (लाइभ)


जनकपुर– प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणका लागी जनकपुर आइपुगेका छन् ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन्। उनी नयाँ दिल्लीबाट विहारको राजधानी पटना हुदै भारतिय एयर इन्डियाको विमानबाट जनकपुर विमानस्थल ओर्लिएका हुन्।

जनकपुरमा मोदीलाई नेपालका रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका हुन्। विमानस्थलबाट मोदी जानकी मन्दिर जाने छन्। त्यहाँ उनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले स्वागत गर्नेछन्। दुवै समकक्षीले संयुक्त पूजाअर्चना गर्ने बताइएको छ।

जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजापश्चात मोदीलाई जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ।
जनकपुरमा झण्डै सबा २ घण्टा बिताएर भारतीय प्रधानमन्त्री मोदी १२ः४० मा काठमाडौंका लागि उड्ने तालिका छ। उनी आजै काठमाडौं आउने छन्।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नेछन्। बेलुका उनलाई सैनिक मञ्च टुँडिखेलमा ’गार्ड अफ अनर’ प्रदान गरिने छ। मोदीले आजै उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नेछन्। त्यसका लागि उनी क्रमश बहादुर भवन र शीतल निवास पुग्नेछन्।

मोदी शनिबार बिहान मुक्तिनाथ प्रस्थान गर्नेछन्। मुक्तिनाथबाट फर्किएर मोदीले पशुपतिनाथमा दर्शन गर्नेछन्। भोलि दिउँसो पौने ३ बजे उनलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ। मोदी शनिबार बेलुका ४ बजे दिल्ली प्रस्थान गर्नेछन्।

लार्इभ भिडियाे