उपसभामुख राना स्वदेश फिर्ता

उपसभामुख राना स्वदेश फिर्ता


काठमाण्डु – प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना रुसी महासंघको ५ दिने औपचारिक भ्रमण पूरा गरी शनिवार साँझ स्वदेश फर्किएकी छन् ।

रसियाको सेन्टपिर्टस वर्ग शहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उपसभामुख राना स्वदेश फर्किएकी हुन् ।

रुसी महासंघ र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधान सभाको आयोजनामा असोज २ देखि ४ गते (सेप्टेम्बर १८–२०) सम्म चौथो युरेसियन महिला फोरम सञ्चालन भएको थियो ।

उपसभामुख रानाले फोरमलाई असोज २ गते सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले महिला तथा बालबालिकाको अधिकार उपभोगमा देखिएका चुनौती तथा प्रविधिको प्रयोगबाट आएका विकृति रोक्ने विषयमा आफ्ना धारणा राखेकी थिइन् ।

उपसभामुख राना फोरममा सहभागी हुन असोज १ गते रसिया प्रस्थान गरेकी थिइन् ।