रास्वपाकी इन्दिरा राना मगरले दर्ता गराइन् उपसभामुखको उम्मेदवारी

रास्वपाकी इन्दिरा राना मगरले दर्ता गराइन् उपसभामुखको उम्मेदवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् ।

मगरले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी हुन् । रानामगरको प्रस्तावकमा रास्वपाकी सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन छन् ।

बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियाे ।