मतदाता शिक्षामा सहयोग गरिदिन उद्योगी व्यवसायीलाई आयोगको आग्रह

मतदाता शिक्षामा सहयोग गरिदिन उद्योगी व्यवसायीलाई आयोगको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी-व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गरेका छन् ।

निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तक्र्रिया’ विषयक मंगलबार आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गरे । उनले आयोगको सामाजिक सञ्जालमा आवद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश आफ्नो साङ्गठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरेर सहयोग गरिदिन पनि आग्रह गरे।

व्यवसायीको सहयोग मूलुक र लोकतन्त्रका लागि महत्वपूर्ण हुने विश्लेषण गर्दैँ उनले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिनसमेत आग्रह गरे ।

उनले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो माहौलमा परिवर्तन आउने विश्वास समेत व्यक्त गरे । “अहिले तरलताको अभाव, ब्याजदर वृद्धि, बचत घटिरहेका जस्ता अवस्था सुनिन्छ । यसले कतै व्यवसायीहरू पलायन नै पो हुने हो कि? भन्ने माहौल छ”, थपलियाले भने, “निर्वाचनसँग पनि यसको कुनै न कुनै साइने सम्बन्ध छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।”

उहाँले संसारभरिको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्नुहुँदै आयोगले निर्वाचनलाई मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह गरे । प्रमुख आयुक्त थपलियाले मतदानका दिन अत्यावश्यक क्षेत्रका सवारी साधनका साथै आवश्यकता र औचित्यताका आधारमा अन्य सवारी साधनलाई व्यवस्थित र नियन्त्रितरुपमा सञ्चालन गर्न दिने विषयमा गृहकार्य भइरहेको जानकारी गराए।