संक्रमित युवाले कोरोना जितेसँगै ओखलढुङ्गा बन्यो संक्रमणमुक्त

संक्रमित युवाले कोरोना जितेसँगै ओखलढुङ्गा बन्यो संक्रमणमुक्त


ओखलढुङ्गा – ओखलढुङ्गाका कोरोना संक्रमित युवक कोरोनामुक्त भएका छन् ।

जेठ ३० गते भारतबाट ओखलढुङ्गा फर्किएका उनलाई असार ७ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । उनी जिल्लाको पहिलो सङ्क्रमित हुन् ।

कोरोनामुक्त भएपछि उनी कोरोना अस्पताल विराटनगरबाट (आज)सोमबार डिस्चार्ज भएका छन् । १४ दिनको उपचारपछि उनी निको भएर घर फर्किन लागेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।

सङ्क्रमणमुक्त भएका २८ वर्षीय ती युवालाई घर ल्याउने व्यवस्था गर्न लिखु गाउँपालिकालाई जानकारी गराइएको तिवारीले जानकारी दिए ।

सोमबार ती युवाबाहेक जिल्लामा अरुलाई कोरोना सङ्क्रमण देखिएको छैन । उनी डिस्चार्ज भएसँगै ओखलढुङ्गा सङ्क्रमणमुक्त भएको छ ।