सर्वेन्द्रले गरे आँटिलो निर्णयः सईबाट इन्सपेक्टर बढुवामा नेताका पिएसओ आउट !

सर्वेन्द्रले गरे आँटिलो निर्णयः सईबाट इन्सपेक्टर बढुवामा नेताका पिएसओ आउट !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीमा लामो समयदेखि रोकिएको प्रहरी नायव निरीक्षक बढुवा सुचारु भएको छ । जनपथ प्रहरी समुहतर्फ रिक्त रहेको ७३ प्रहरी निरीक्षक पदमा बढुवाको लागि प्रहरी नायव निरीक्षकहरुको सिफारिस भएको हो ।

प्रहरी प्रधान कार्यलयले डिआइजी मनोज नेउपाने सदस्य सचिव रहने गरि बढुवा समिति गठन गरेको थियो ।  नेताहरुका निजी सुरक्षामा खटिएका(पिएसओ )लाई बढुवा गर्न तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले दवाव दिँदा बढुवा प्रक्रिया नै रोकिएको थियो ।

पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिएका नीजि सुरक्षाकर्मी हिमाल शाह, भान्जा कृष्ण चन्द सभामुख कृष्ण महाराका पिएसओ डबल बमलगायतलाई जसरी पनि बढुवा गर्न प्रहरी नेतृत्वलाई दबाव परेपछि वढुवा प्रक्रिया नै अवरुद्ध भएको थियो ।

खनाल आईजिपी नियुक्त भएलगत्तै इन्सपेक्टरमा बढुवा सिफारीस भएका सईहरु ५८ सालदेखी ६० सालमा सईमा बढुवा भएका हुन् । प्रहरी स्रोतकाअनुसार यसपटकको बढुवामा वरियता मिचिएको छैन् भने कार्वाही परेकाहरुलाई समेत समावेश गरिएको छैन् ।

 पत्र