कसरी लाग्यो रातारात एमाले–माओवादी पार्टी एकताको टु‌ंगो, यस्तो छ भित्री पाटो

कसरी लाग्यो रातारात एमाले–माओवादी पार्टी एकताको टु‌ंगो, यस्तो छ भित्री पाटो


काठमाडौं – अन्ततः नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको टुंगो लागेको छ । सोमबार राती बालुवाटारमा भएको सात बुँदे सहमतिसँगै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को एक वर्ष लामो गृहकार्यले सकारात्मक परिणाम दिएको हो ।

ओली र दाहालबीच गतवर्षको माघबाट पार्टी एकताको गृहकार्य अघि बढेको थियो । ओली निकट निकट स्रोतकाअनुसार सम्पर्क सूत्रमार्फत ओलीले नै दाहाललाई पहिलो टेलिफोन संवाद गरेका थिए पार्टी एकताका लागि । ओलीको त्यही फोनपछि दुई नेताबीच नियमित संवाद अघि बढ्दै ७ फागुनको राती पार्टी एकीकरणको निर्णय आएको हो । जहाँ ओली–दाहालसहित पार्टी एकता संयोजन समितिमा रहेका दुवै पार्टीका आठ जना नेताले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरकर्ताका रूपमा ओली–दाहालसहित, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले इतिहास रचेका छन् । हस्ताक्षरकर्ता सबै नेता पहिलो पुस्ताका हुन् । सबै विषयगत २ फागुनको बैठकमै टुंगो लागे पनि अन्तिम समयमा सिद्धान्तको विवाद घुसेपछि ओली र दाहालले एकताका लागि थप पाँच दिन गृहकार्य गर्नुपरेको थियो ।

बालुवाटारमा भएको त्यो ऐतिहासिक सहमतिको जग एमाले अध्यक्ष ओलीले नै हालेका थिए । ‘भेट्छु भन्दाभन्दै समय बितेको पत्तो नै भएन, कति लड्ने, धेरै लडियो, दुवैतिर बल्ड्याङ खाइयो, अब जसरी लडियो, त्यसैगरी मिल्ने कि रु’ एमाले र माओवादीबीचको सत्ता साझेदारी टुटेपछि पहिलो टेलिफोन सम्पर्क गर्दै दाहाललाई ओलीले भनेका थिए । ओलीका सहयोगी राजेश बज्राचार्यको फोनमार्फत ओली–दाहालबीच पहिलो कुराकानी भएको थियो त्यसदिन ।

श्रेष्ठले दुई नेताबीच भेटवार्ताको समय मिलाए तर उनकै शब्दले ओली रिसाए । दुई नेताबीच त्यसदिन फेरि वार्ता होलाजस्तो लागेको थिएन । तर, उठने वेलामा ओलीले नै ‘तपार्इंको बुझाइ र मेरो कुरा फरक पर्यो’ भन्दै नरम बनेपछि दाहाल पनि ‘मैले नि अलिक बढी भनेँ कि’ भन्दै वार्ता टुंग्याए । बिग्रिसकेको त्यो दिनको वार्तालाई ओलीले नै सही ट्रयाकमा ल्याए । भोलिपल्ट फेरि ओलीले नै दाहाललाई फोन गरे । ओलीको फोनपछि दुई नेताबीचको पुरानो र त्यो बैठकमा बिझेको कुरा मिल्यो

सोमबारको त्यो एकाबिहानै ओलीको टेलफोन बजेपछि दाहाल पनि एकाएक नरम बने । दाहालले तत्कालै सम्पर्क सूत्रलाई ओलीको फोन र नरमपना देखेर आफू निकै हर्षित र उत्साहित बनेको जानकारी दिए । सम्पर्क सूत्रले पनि दाहाललाई ‘ओलीको विषयमा तपार्इं जे बुझिरहनुभएको छ, त्यो होइनन्, वाम एकताका लागि सबैभन्दा बढी चिन्तित र तपाईंप्रति सबैभन्दा बढी माया गर्ने नेता हुन् अव एकताका लागि तपाई पनि ओलीलाई टेलिफोन गर्नोस्’ भनेँ । त्यसदिनपछि दुई नेताबीच हरेक दिन टेलिफोन संवाद भयो, करिब ११ दिनसम्म ।
त्यसपछि सम्पर्क सूत्रले नै माओवादी नेता नारायणकाजी श्रेष्ठलाई दुई नेताबीच वार्ता गराउने व्यवस्था मिलाउन सुझाए ।

श्रेष्ठले दुई नेताबीच भेटवार्ताको समय मिलाए तर उनकै शब्दले ओली रिसाए । दुई नेताबीच त्यसदिन फेरि वार्ता होलाजस्तो लागेको थिएन । तर, उठने वेलामा ओलीले नै ‘तपार्इंको बुझाइ र मेरो कुरा फरक पर्यो’ भन्दै नरम बनेपछि दाहाल पनि ‘मैले नि अलिक बढी भनेँ कि’ भन्दै वार्ता टुंग्याए । बिग्रिसकेको त्यो दिनको वार्तालाई ओलीले नै सही ट्रयाकमा ल्याए । भोलिपल्ट फेरि ओलीले नै दाहाललाई फोन गरे । ओलीको फोनपछि दुई नेताबीचको पुरानो र त्यो बैठकमा बिझेको कुरा मिल्यो ।

केही समय दुई नेताले थप गृहकार्य गरे भने दुवै पार्टीका तोकिएका नेताहरू पनि खुलेर लागे । माओवादीबाट श्रेष्ठसँगै शक्ति बस्नेत र जनार्दन शर्मा अघि बढे । एमालेबाट पनि आधा दर्जन नेता एकताको पहलमा अघि बढे । यहीबीचमा ओली र दाहालबीच विजयादशमीको दिन १३ असोजमा पार्टी एकताको सात बुँदे सहमति भयो

दुवैले आफ्नो आशय यस्तो रहेको भन्दै निष्कर्षमा पुगेपछि मात्रै सरप्राइज दिने भन्दै आफू निकट नेता कसैलाई भनेनन् । थुप्रैपटक छलफलपछि दाहालले एकताको पहलकदमी लिन श्रेष्ठलाई निर्देशन दिए । ओलीले उपाध्यक्ष वामदेव गौतमलाई अघि बढाए । ‘एकता–एकता फलाकेर मात्रै हुँदैन, मनाउन सक्नुहुन्छ भने कोसिस गर्नोस्,’ दुवै नेताले एक्लाएक्लै गौतम र श्रेष्ठलाई भनेका थिए । अध्यक्षको निर्देशनपछि दुवै नेताले पहलकदमी लिए । तर, उनीहरूलाईसमेत ओली–दाहालबीच दैनिक वार्ता भइरहेको सुइकोसम्म थिएन ।

यहीबीचमा एमाले केन्द्रीय कमिटी बैठक बस्यो । बैठकमा ओलीकै कारण माओवादी टाढिएको भन्दै कुरा उठ्यो । आफूले लगभग पार्टी एकता हुन्छ भन्ने निष्कर्षमा पुगेका ओलीले कुनै प्रतिवाद गरेनन् । सबैको कुरा धैर्यपूर्वक सुने अनि त्यसोभए पार्टी एकता नै गर्ने हो त रु लु माओवादीसहित सबै वामसँग पार्टी एकता गर्न पहल गर्ने निर्णय गरौँ,’ भन्दै बैठक टुंग्याए । एमालेले औपचारिक रूपमा एकता गर्ने निर्णय सार्वजनिक गर्यो । त्यो निर्णयले दाहाल निकै हर्षित बने ।

चुनावमा परिणाम नआउँदासम्म शंकाले हेर्ने गरेको कारण एक-दिन दुई नेताबीच एकले अर्को पार्टीलाई जिताउन लाग्ने सहमति बन्यो तर दाहाल आफै डेन्जर जोनमा रहेको खबर आएपछि ओलीले सहमतिअनुसार जिताउने जिम्मा मेरो भयो, तपाईं चितवन केन्द्रित हुनोस् भन्ने सुझाव दिए । त्यहीवेला दाहाल पुत्रशोकमा परेपछि चुनावमा खतरामा रहेका भनिएका माओवादीका सबै नेतालाई जिताउन ओली खटे । यतिसम्म कि झापामा राम कार्की हार्ने सूचना पाएपछि ओली मौन समयमा समेत आफ्नो चुनावी क्षेत्रमा नगई कार्कीलाई जिताउने बैठक गरेर काठमाडौं फर्किए । चितवनमा पनि त्यही काम गरे

केही समय दुई नेताले थप गृहकार्य गरे भने दुवै पार्टीका तोकिएका नेताहरू पनि खुलेर लागे । माओवादीबाट श्रेष्ठसँगै शक्ति बस्नेत र जनार्दन शर्मा अघि बढे । एमालेबाट पनि आधा दर्जन नेता एकताको पहलमा अघि बढे । यहीबीचमा ओली र दाहालबीच विजयादशमीको दिन १३ असोजमा पार्टी एकताको सात बुँदे सहमति भयो ।

भोलिपल्ट ओली र दाहालले पार्टीको बैठक राखेर एकता गर्ने टुंगो लागेको जानकारी गराई सबैलाई सरप्राइज दिए । १३ असोजको सहमतिमा चुनाव चिह्नदेखि सबै कुराको टुंगो लागेको थियो । तर, माओवादीका केही नेताले सूर्य चिन्ह लिएर चुनाव लड्ने निर्णयबाट दाहाललाई पछि फर्कन बाध्य बनाए । त्यसयता पनि एकताका लागि ओली र दाहालले थुप्रैपटक घन्टौँ वार्ता गरेका छन् । झन्डै आधा दर्जन अज्ञातस्थलमा दुई नेताबीच वार्ता भएको थियो ।

चुनावमा परिणाम नआउँदासम्म शंकाले हेर्ने गरेको कारण एक-दिन दुई नेताबीच एकले अर्को पार्टीलाई जिताउन लाग्ने सहमति बन्यो तर दाहाल आफै डेन्जर जोनमा रहेको खबर आएपछि ओलीले सहमतिअनुसार जिताउने जिम्मा मेरो भयो, तपाईं चितवन केन्द्रित हुनोस् भन्ने सुझाव दिए । त्यहीवेला दाहाल पुत्रशोकमा परेपछि चुनावमा खतरामा रहेका भनिएका माओवादीका सबै नेतालाई जिताउन ओली खटे । यतिसम्म कि झापामा राम कार्की हार्ने सूचना पाएपछि ओली मौन समयमा समेत आफ्नो चुनावी क्षेत्रमा नगई कार्कीलाई जिताउने बैठक गरेर काठमाडौं फर्किए । चितवनमा पनि त्यही काम गरे ।

‘प्रचण्डलगायत कोही पनि माओवादी उम्मेदवारले चुनाव हार्नुहुन्न, एमालेको कारण त्यस्तो भयो भने त्यो हार मेरो हो, देशको हो’ भन्दै ओलीले शंकास्पददेखि जिताउन लागेका सबै नेता कार्यकर्तालाई आफै टेलिफोन गरे । आफ्नोभन्दा प्रचण्डको अवस्था के छ भन्दै हरेक सूचना संयन्त्र प्रयोग गरे । अन्तिममा ओली ढुक्क भए, अनि सुनाए अब प्रचण्डसहित डेन्जर जोनमा रहेका भनिएका माओवादी नेताले जित्ने टुंगो लाग्यो ।’ चुनाव जितेपछि पनि सबैभन्दा पहिलो फोन ओलीकै गयो ।

छोराको निधनमा पनि ओली नै सबैभन्दा पहिला दाहाललाई भेट्न पुगे । यी सबै घटनाक्रमबाट ओली एकताका पक्षधर हुन्, विगतमा अरूले देखाएको एकता विरोधीको आरोप व्यवहारबाटै खण्डन भयो भन्ने निष्कर्षमा दाहाल पुगे । उनले सम्पर्क सूत्रलाई यो जानकारी गराए । सूत्रले ओलीलाई धम्क्याएर बाध्य पार्ने काम संभव नहुने भन्दै खुलाखुलस्त व्यवहार गर्न सुझायो । दाहालले त्यसै गरे । सोहीअनुसार दुई नेताले ठीक विपरीत ध्रुवमा रहेका एमाले र माओवादीलाई एक गराउने ऐतिहासिक निर्णयमा पुर्याए ।

‘प्रचण्डलगायत कोही पनि माओवादी उम्मेदवारले चुनाव हार्नुहुन्न, एमालेको कारण त्यस्तो भयो भने त्यो हार मेरो हो, देशको हो’ भन्दै ओलीले शंकास्पददेखि जिताउन लागेका सबै नेता कार्यकर्तालाई आफै टेलिफोन गरे । आफ्नोभन्दा प्रचण्डको अवस्था के छ भन्दै हरेक सूचना संयन्त्र प्रयोग गरे । अन्तिममा ओली ढुक्क भए, अनि सुनाए अब प्रचण्डसहित डेन्जर जोनमा रहेका भनिएका माओवादी नेताले जित्ने टुंगो लाग्यो ।’ चुनाव जितेपछि पनि सबैभन्दा पहिलो फोन ओलीकै गयो

सोमबार बिहान ओलीको टेलिफोनबाट सुरु भएको एकता वार्ता ७ फागुनको सोमबारकै राती टुंगोमा पुगेको छ । त्यहीकारण दुई पार्टीबीच एकताको सात बुँदे सहमति गर्दा दुवै नेताको मुहारमा विगतका ती सबै मिहिनेतले सार्थकता पाएको खुसी देखिन्थ्यो । जहाँ दाहालले नै तयार पारेर ल्याएको मस्यौदामा एकताका लागि कुनै द्विविधा थिएन ।

उनले एमालेले पाँचौँ महाधिवेशनदेखि कार्यनीतिका रूपमा अघि सार्दै मार्गदर्शक सिद्धान्तका रूपमा विकसित गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई खुलाखुलस्त रूपमा स्वीकार गरिएको थियो । दुई पार्टी एकीकरण भएकोले एउटाको सिद्धान्त मानेर अर्कोलाई भड्किन नदिनका लागि मात्रै ‘माक्र्सवाद–लेनिनवाद’ उल्लेख गरियो । अनि जबजको सान्दर्भिकतबारे ब्याख्या गर्दै जनताको बहुदलीय जनवाद र माओवाद दुवै उल्लेख गरिएन सात बुँदे सहमतिमा ।

पार्टीको नाम पनि विगतकै सहमतिअनुसार ‘नेपाल कम्युनिस्ट पार्टी’ राखियो, जुन पार्टी स्थापनाकालमा राखिएको थियो । यसैगरी सांगठानिक संरचनामा पनि सहमति जुटेको छ तर यति सदस्यीय केन्द्रीय कमिटी बनाउने भन्ने निर्णय भने भइसकेको छैन । ९९ सदस्यीय, १ सय ५१ सदस्यीय, वा ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटीमध्ये एक विकल्पमा जाने गरी सहमति जुटेको छ ।

केही समय दुई नेताले थप गृहकार्य गरे भने दुवै पार्टीका तोकिएका नेताहरू पनि खुलेर लागे । माओवादीबाट श्रेष्ठसँगै शक्ति बस्नेत र जनार्दन शर्मा अघि बढे । एमालेबाट पनि आधा दर्जन नेता एकताको पहलमा अघि बढे । यहीबीचमा ओली र दाहालबीच विजयादशमीको दिन १३ असोजमा पार्टी एकताको सात बुँदे सहमति भयो

ओली र दाहालले ९९ सदस्यीय केन्द्रीय कमिटी, ३३ सदस्यीय पोलिटब्युरो र ११ सदस्यीय स्थायी कमिटीको प्रस्ताव गरे पनि नेताहरूको व्यवस्थापनका लागि सबैको मनोभावना बुझेर तीन मध्ये एक विकल्पमा जाने निर्णय भएको हो । ३ सय ४४ सदस्यीय केन्द्रीय कमिटी तय भएमा भने एमालेको हालका २ सय ६ केन्द्रीय सदस्य समेटिनेछन् भने माओवादीबाट १ सय ३८ सदस्य केन्द्रीय कमिटीमा रहनेछन् । प्रजातन्त्र दिवसको राती सात बुँदे सहमतिसहित एकीकरणका प्रारम्भिक आधारहरू सार्वजनिक गरेसँगै दुई पार्टी एक हुने टुंगो लागेको हो । आजको सौर्य दैनिकमा खबर छ ।