अग्ला मानिस र बढ्दो जनसंख्याले खानाको खपतमा ८० प्रतिशत वृद्धि

अग्ला मानिस र बढ्दो जनसंख्याले खानाको खपतमा ८० प्रतिशत वृद्धि


एजेन्सी – अग्ला र भद्धाका साथै तीव्र दरमा बढिरहेको जनसंख्याका कारण आगामी समयमा विश्वव्यापी रुपमा खानाको माग बढ्ने भएको छ ।

अवस्था यतीसम्म जान सक्ने देखिएको छ कि आपूर्तिकर्ताले यो माग पुरा गर्ननै सक्दैनन । जर्मनीको युनिभर्सिटी अफ गाटिनगेनको एक अध्ययनमा यसको खुलासा भएको हो । अध्ययनमा २०१० देखि २१००को बीचको क्यालोरी इनटेकको आकलन गरिएको छ ।

यसका अनुसार विश्वभरीमा खाद्यान्नको खपत सताब्दीको अन्त्यसम्ममा ८० प्रतिशतले वृद्धि हुनेछ । रिपोर्टका अनुसार ६० प्रतिशत खाद्यान्नको खपत जनसंख्याको वृद्धिका कारण हुनेछ भने २० प्रतिशत अग्ला मानिस जसको बडी मास इन्डेक्स (बीएमआई) का कारण हुनेछ ।

प्राध्यापक स्टिफन क्लासेनले नेदरल्यान्ड तथा मेक्सिकोको मानिसमा अध्ययन गरेका थिए । यस अनुसार मेक्सिकोका मानिसको बीएमआईमा तीव्र दरमा बढोत्तरी भएको छ । नेदरल्यान्डम पनि मानिसको उचाईमा वृद्धि भइरहेको छ । डच नागरिकको औसत लम्बाई १८३ सेमी छ ।

जसमा १९१४ देखि २०१४ को बीच १३.१ सेमकिो बढोत्तरी भएको छ । यसको अर्थ शरीर जति ठूलो र विशाल हुन्छ क्यालोरीको आवश्यकता पनि त्यतीनै बढ्छ । जसको पूर्ति खानाबाट सम्भव हुदैन ।

बेलातयमा पुरुष तथा महिलाको लम्बाइमा गत सताब्दीमा ११ सेमीको बढोत्तरी भएको छ । हाल एक पुरुषको औसत लम्बाई १७८ सेमी तथा महिलाको १६१ सेमी रहेको छ । यसै किसिमबाट अमेरिकापछि मेक्सिको विश्वकै दोस्रो सर्वा्धिक बडी मास इन्डेक्स भएको देश हो ।

१९८० को दसक सम्म मेक्सिकोमा कुपोषण सबैभन्दा ठूलो समस्या रहेको थियो । २०१० मा १० मा ७ मेक्सिकन नागरिक ओभरवेटका भएका थिए । जसमा तेस्रो व्यक्ति मोटोपनाको शिकार भएका थिए ।