एजेन्सी – मनिस वा कुनै जीव–जन्तु अर्थात सजीव बस्तुसँग कुनै व्यक्तिको प्रेम हुनु यो सामान्य कुरा हो । तर निर्जीव बस्तुसँग पनि कसैलाई प्रेम हुनु विलकुल अचम्मको कुरा हो । तर जर्मनीको राजधानी बर्लिनमा केही यस्तै भएको छ ।
३० वर्षीय एक महिलालाई ६ वर्ष पहिलेदेखि बोइङ ७३७–८०० विमानसँग प्रेम भयो र उनी आगामी महिना अर्थात् मार्चमा उक्त जहाजसँग विवाह गर्दैछिन् । यो अचम्मको विवाह नेदरल्यान्डको राजधानी एम्स्टर्डमा हुनेछ ।
केटीको नाम मिशेल कोबके हो । मीडिया रिपोर्टका अनुसाा मिशेलले पहिलो पटक यो बोइङ विमानलाई २०१४ को मार्च महिनामा टेगल एयरपोर्टमा देखेकि थिइन र पहिलो हेराइमै उनलाई यो विमानसँग प्रेम भएको थियो । उनलाई हवाइ जहाजको पंखा, विङलेट र थ्रस्टर्स धेरै राम्रो लाग्थ्यो ।
मिशेल हवाइजहाजलाई मायाले सात्स भन्ने गरेकि छन् । जर्मनी भाषमा सात्सको अर्थ प्रिय हुन्छ । उनले सात्सलाई आफ्नो पहिलो प्रेम भएको बताएकी छन् । यद्यपि उनी २०११ मा एक व्यक्तिसँग रिलेशनशिपमा रहँदै आएकीक थिइन् । तर उक्त सम्बन्ध लामो समयसम्म टिक्न सकेन ।
मिशेल पेशाले एक सेल्सवुमन हुन् । उनी धेरैजसो आफ्नो प्रेम अर्थात विमान हेर्नका लागि एयरपोर्ट जाने गरेकी छन् । उनले विमानको एक मोडल पनि किनेकि छिन् र उनी सधै यसलाई आफुसँगै राख्ने गर्छिन् । उनको यो अचम्मको प्रेमको बारेमा उनको परिवारलाई पनि थाहा छ र उनीहरुलाई यसबाट कुनै समस्या छैन ।
मिशेलका केही साथीहरुका अनुसार उनको हवाई जहाजसँगको प्रेम डिसअर्डर अर्थात् विकार हो । यस किसिमको डिसअर्डरमा मानिसलाई कुनै निर्जीव बस्तुसँग प्रेम हुन्छ । यो डिसअर्डरलाई अब्जेक्टोफिलिया भनिन्छ । यसको विपरित मिशेलले हवाई जहाजको पार्टस जम्मा गर्नु उनको शोख रहेको बताएकी छन् । उनी पछि गएर बोइङ विमानको मेकानिक बन्न चाहन्छिन् ।
प्रतिक्रिया