आज १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरिँदै

आज १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस, विभिन्न कार्यक्रम गरिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं-  आज १ सय ८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विश्वभर विविध कार्यक्रम गरेर मनाइँदै छ । मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । आजको दिन महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले विभिन्न ¥याली, गोष्ठी तथा अन्तक्रिया लगायतका कार्यक्रम आयोजना गरिरहेका छन् ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध बुलन्द आवाज उद्घोष गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सन् १९११ को मार्चमा अन्तर्रा्ष्ट्रिय महिला दिवस मनाए यता संसारभर मार्च ८ मा यो दिवस मनाउन थालिएको हो ।

सन् १८५७ देखि नै श्रमिक महिलाहरुले आफ्नो श्रम शोषणका विरुद्ध आवाज उठाएका थिए । महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।