१६ देशका प्रहरी अधिकृत सहभागी आतंकवाद नियन्त्रणसम्बन्धी प्रशिक्षण काठमाडाैंमा, एआइजी धीरूले गरे उद्घाटन

१६ देशका प्रहरी अधिकृत सहभागी आतंकवाद नियन्त्रणसम्बन्धी प्रशिक्षण काठमाडाैंमा, एआइजी धीरूले गरे उद्घाटन


काठमाडौं– १६ देशका प्रहरी अधिकृत सहभागीइन्टरपाेल पाेस्ट बलास्ट प्रशिक्षण  काठमाडाैंमा शुरु भएकाे छ।

इन्टरपाेल  अन्तर्गतको परियोजना स्काेरप्सलद्वारा दक्षिण तथा दक्षिणपूर्व एशियामा कानुनी प्रवद्र्धन क्षमता बढाउनका लागि आतंकवाद र सम्बन्धित अन्तर्राष्ट्रिय अपराधलाई अन्तर्राष्ट्रिय क्षेत्रीय दृष्टिकोण र ‘बहुसंख्यक क्षमता निर्माण’ को आधारमा अनुसन्धान तथा नियन्त्रण गर्ने उद्देश्यले  प्रशिक्षणकाे अायाेजना गरिएकाे हाे।

नेपाल प्रहरीको सहआयोजनामा सञ्चालित उक्त तालिमकाे साेमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले उद्घाटन गरे।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा चरणवद्ध हुने प्रशिक्षण १७ कात्तिकसम्म चल्नेछ।  प्रशिक्षण कार्यक्रममा  अमेरिका, अमेरिका, म्याक्सिकाे, फिलिपिन्स, इन्डाेनेसिया, क्यानडा,  माल्दिभ्स,  जर्मनी,बंगलादेश, मलेसिया, पाकिस्तान,  श्रीलंका,  नेदरल्यान्डस, टिमराेलेस्टी, इजिप्ट र नेपालका ४४ प्रहरी अधिकृतहरु, अन्य व्यक्तित्व तथा प्रशिक्षक सहभागी  छन्।

एअार्इजी बस्न्यातले इन्टरपाेल तथा नेपाल प्रहरीबीच रहेका सहकार्य, साझेदारी, समन्वय तथा सहयोगको निरन्तरता तथा प्रगाढताको लागि धन्यवाद दिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रहरी अधिकृतहरुलाई प्रशिक्षण पश्चात प्राप्त हुने ज्ञान तथा सीपको समयानुकुल प्रयोगको लागि शुभकामना समेत उनले  व्यक्त गरे।