रुकुुमको दुर्गम आठविसकोटमा पहिलो पटक इन्टरनेट

रुकुुमको दुर्गम आठविसकोटमा पहिलो पटक इन्टरनेट


रुकुम– रुकुुम (पश्चिम) को सबैभन्दा दुर्गम आठविसकोट नगरपालिकामा पहिलो पटक इन्टरनेट सेवा जडान गरिएको छ।

 

 

इन्टरनेट जडान गरेको हो। नगरपालिकाको कार्यालय तथा वडा नम्बर ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको जनाइएको छ।

 

 

एभरेष्ट वायरलेस नेटवर्क प्राइभेट लिमिटेड जाजरकोटले नगरपालिकाको कार्यालयसहित २ वडाको कार्यालयमा इन्टरनेट जडान गरिदिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।

 

 

जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिएको आठविसकोटमा इन्टरनेट जडान गरिएपछि कामकाजमा सहजता आएको प्रमुख केसीको भनाइ छ।

 

 

नगरपालिकाले विद्यालय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका विद्यालयमा सिसी क्यामेरा र डिजिटल हाजिरीको व्यवस्था गर्न लागेकाले त्यसका लागि इन्टरनेट आवश्यक भएको हो।