माघमा १.१३ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय

माघमा १.१३ प्रतिशतका दरले ब्याजदर घटाउने निर्णय


काठमाण्डु – वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले माघ महिनामा ब्याजदर घटाउने निर्णय गरेको छ । एनबीएको बुधवार सांझ बसेको बैठकले ब्यादर घटाउने सहमति गरेको हो । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले माघ महिनाका लागि १.१३ प्रतिशतको दरले ब्याजदर घटाउने निर्णय भएको जानकारी दिए ।

वाणिज्य बैंकहरुले मुद्दती निक्षेपमा अधिकतमा १२. १३३ प्रतिशत ब्याजदर दिंदै आएका थिए । बैंकहरुबीच व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई १०.३ प्रतिशतले घटाउने सहमति बनेको हो।

योसँगै संस्थागत मुद्दति निक्षेपको ब्याजदरसमेत समान अनुपातमा घटेको छ। वाणिज्य बैंकहरुबीच भएको सहमतिअनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ११ प्रतिशत, संस्थागत मुद्दति निक्षेपको ९ प्रतिशत र रेमिट्यान्समा १२ प्रतिशत ब्याजदर कायम निर्णय भएको छ ।