आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म

आइफोन १६–ई सार्वजनिक, मूल्य ६० देखि ९० हजारसम्म

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एप्पलले आइफोन १६–ई सार्वजनिक गरेको छ। कम्पनीले आइफोन एस–ई सिरिजको सट्टा ई सिरिज सार्वजनिक गरेको हो।

आइफोन १६–ई मा एप्पल इन्टेलिजेन्स फिचर समावेश गरिएको छ भने यसमा उच्च क्षमताको ब्याट्री प्रयोग गरिएको छ।

फोनमा आइओएस १८ सफ्टवेयर जडान गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी क्षमतामा पाइनेछ।

१६–ईमा ६.१ इञ्चको सुपर रेटिना डिस्प्ले जडान गरिएको छ। त्यस्तै, पछाडि ४८ मेगापिक्सल क्यामरा जडान गरिएको छ भने अगाडि १२ मेगापिक्सल क्यामरा छ।

यसको मूल्य क्रमशः भारू ५९ हजार ९ सय, ६९ हजार ९ सय र ८९ हजार ९ सय तोकिएको छ।