आईपीएल २०२४ : कसले पाए के उपाधि ?

आईपीएल २०२४ : कसले पाए के उपाधि ?


काठमाण्डु- आईपीएलको १७ औँ संस्करण सकिएको छ । १७ औँ संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

कोलकाताले आक्रामक ब्याटिङ र बलिङलाई निरन्तरता दिँदै उपाधि उचाल्न सफल भएको हो । तेस्रो उपाधि जित्ने क्रममा हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गरेको हो ।

कोलकाताले यो सहित आईपीएलको उपाधि तेस्रो पटक जितेको हो । । यसअघि कोलकाताले सन् २०१४ को फाइनलमा किंग्स ११ पञ्जाबलाई ३ विकेटले पराजित गरेको थियो भने सन् २०१२ मा चेन्नई सुपर किंग्समाथि ५ विकेटको जित निकालेको थियो ।

यस पटक फाइनल नखेलेका र समूह चरणबाटै बाहिरिएका टिमका केही खेलाडीले पनि महत्वपूर्ण उपाधि पाएका छन् ।

कसले के उपाधि पाए ?

विजेता – कोलकाता नाइट राइडर्स

उपविजेता – सनराइजर्स हैदरावाद

सर्वाधिक रन – विराट कोहली, रोयल च्यालेन्जर्स बैंग्लोरु आरसिबी (७४१ रन, १५ खेल)

सर्वाधिक विकेट – हर्षल पटेल, पञ्जाब किंग्स (२४ विकेट, १४ खेल)

प्लेयर अफ द सिरिज – सुनिल नारायन, कोलकाता (१५ खेल ४८८ रन र १७ विकेट)

सर्वाधिक चौका – ट्रेभिस हेड, हैदरावाद (१५ खेल ६४ चौका)

सर्वाधिक छक्का – अभिषेक शर्मा (४२ छक्का, १६ खेल)

इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट – नितिश रेड्डी, हैदरावाद (३०३ रन र ३ विकेट)

उत्कृष्ट स्ट्राइक रेट –जेक फ्रेजर–म्याकगुर्क, दिल्ली क्यापिटल्स ( ९ खेल, ४ अर्धशतक, ३२ चौका र २८ छक्का, २३४.०४ रेट )

क्याच अफ द सिजन –रमनदीप सिंह (अरशिन कुलकर्णी, केकेआर भर्सेज एलएसजी)

फेयर प्ले, पिच र ग्राउन्ड अवार्ड –हैदरावाद

प्लेयर अफ द फाइनल – मिचेल स्टार्क (३–०–१४–२)