आईपीएलमा आज राजस्थान र बैंगलुरु भिड्दैँ, हार्ने टोली उपाधि होडबाट बाहिरिने

आईपीएलमा आज राजस्थान र बैंगलुरु भिड्दैँ, हार्ने टोली उपाधि होडबाट बाहिरिने


काठमाण्डु- आईपीएलमा आज एलिमिनेटर खेल अन्तर्गत राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स बैंगलुरु भिड्ने भएका छन् । राजस्थान र बैंगलुरुबीचको खेल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुने भएको हो ।

यस खेलको विजेता टोली क्वालिफायर २ मा सफल हुन्छ । आजको खेलमा हार्ने टोली भने उपाधि होडबाट बाहिरिने छ । यो सिजन दुई टोलीबीच एउटा मात्र खेल भएको छ । जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा राजस्थानले बैंगलुरुलाई ६ विकेटले पराजित गरेको थियो।

हालसम्म यी दुई टोलीबिच कुल ३१ खेल भइसकेका छन् । जसमध्ये १५ खेल बैंगलुरुले र १३ खेल राजस्थानले जितेको थियो । ३ खेलको नतिजा घोषणा हुन सकेन ।