आईपीएलको फाइनलमा हैदराबाद ११३ रनमा अलआउट, प्याट कमिन्सले बनाए सर्वाधिक २४ रन

आईपीएलको फाइनलमा हैदराबाद ११३ रनमा अलआउट, प्याट कमिन्सले बनाए सर्वाधिक २४ रन


काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणको फाइनलमा सनराईजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई ११४ रनको लक्ष्य दिएको छ ।

आइतवार चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको खेलमा हैदराबादले कोलकातालाई ११४ रनको लक्ष्य दिएको हो । कोलकाताका बलरसामु हैदराबादका कुनै पनि ब्याट्सम्यान चल्न नसकेपछि हैदराबाद ११३ रनमा समेटिएको हो ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए। १९ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए।

मिचल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए। यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १/१ विकेट लिए।