आइपीएलकोे १८ औं संस्करण आजदेखि

आइपीएलकोे १८ औं संस्करण आजदेखि

उद्घाटन खेलमा कोलकोता र आरसीबी खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इन्डियन प्रिमियर लिग (आइपीएल) को १८औं संस्करण शनिबारदेखि सुरु हुदैंछ ।

कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा पहिलो उद्घाटन खेल डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैङ्गलुरु (आरसीबी) बीच हुदैंछ । यो खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजेदेखि शुरु हुदैंछ ।

यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । यस वर्ष ६५ दिनमा १३ वटा स्थानमा १० टोलीहरू बीच कुल ७४ खेलहरू खेलाइनेछ । जसमा ७० लिग राउन्ड र चार प्लेअफ खेलहरू समावेश छन् ।

फाइनलसहित सबै प्लेअफ खेलहरू मे २० देखि २५ सम्म हैदराबाद र कोलकातामा खेलाइनेछ ।

यस सिजनमा १० फ्रेन्चाइजीले खेल्दै छन् । गत डिसेम्बरमा मेगा अक्सनपछि यस सिजनमा केहि हाई प्रोफाइल खेलाडीको फ्रेन्चाइजी परिवर्तन भएको छ । जसमा ऋषव पन्तले दिल्ली क्यापिटल्स छोडेर लखनउ सुपरजाइन्ट पुगेका छन् । त्यस्तै यसअघि लखनउबाट खेलिरहेका केएल राहुल दिल्ली पुगेका छन । त्यस्तै कोलकोता नाइट राइडर्सलाई गत सिजनमा उपाधि जिताएका श्रेयस अय्यर यस पटक पञ्जाव किंग्समा पुगेका छन् ।

त्यसैगरी यस सिजनमा केहि फ्रेन्चाइजीको कप्तान पनि परिवर्तन भएका छन् । जसमा कोलकोताले आजिख्य रहानेलाई कप्तान बनाएको छ भने दिल्लीले अक्षर पटेललाई कप्तान बनाएको छ । त्यस्तै लखनउको कप्तानी ऋषवले गर्दै छन् भने पञ्जावको कप्तानी अय्यरले गर्दै छन् ।

२००८ मा सुरु भएको यो प्रतियोगिता टि–२० क्रिकेटको विश्वकै ठुलो टी–२० क्रिकेट प्रतियोगिता हो ।