काठमाण्डु- इण्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्दैछन ।
आईपीएलमा सोमबार खेल मात्र हुनेछ । विशाखापटनममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ । आईपीएलमा आफ्नो पहिलो खेल खेल्न लागेका दुवै टोली सुखद् सुरुवातको योजनामा छन् ।
अघिल्लो सिजन प्लेअफमा स्थान बनाउन नसकेका दुवै टोली यो पटक सुरुवातबाट नै रणनितिक रुपमा मैदान उत्रने देखिएको छ ।
यो पटक आईपीइलमा खेलाडीहरुले आफ्नो पुराना टिमसँग भेट हुँदैछन् ।
लखनउका पूर्वकप्तान केएल राउल यो पटक देल्लीको कप्तानको रूपमा छन् । रिषभ पन्त पनि आफ्नो पुरानो क्लबसँग भिड्दै यो सिजनको आइपीएलको सुरुवात गर्दैछन् ।
गएराति भएको खेलमा मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले आईपीएलमा विजयी शुरुआत गरेको छ । जीतको लागि एक सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर पूरा गरेको थियो ।
त्यसअघि पहिले व्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।
यस्तै सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको छ । हैदरावदले दिएको दुई सय ८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ४२ रन मात्रै बनाउन सक्यो ।
त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको थियो । हैदराबादले आईपीएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो ।
गत वर्ष पनि हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध दुई सय ८७ रनको कीर्तिमान बनाएको थियो । हैदराबादका इशान किशनले अविजित रहँदै सर्वाधिक एक सय छ रन बनाए । आईपएलमा उनको यो पहिलो शतक हो । उनी यसै सिजन मुम्बई इन्डियन्सबाट हैदरावाद पुगेका हुन् । जीतसँगै हैदराबादले पनि दुई अङ्क जोडेको छ ।
प्रतिक्रिया