आईपीएलमा आज चेन्नई र रोयल च्यालेन्जर्स खेल्दै

आईपीएलमा आज चेन्नई र रोयल च्यालेन्जर्स खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इण्डियन प्रिमियर लिग (आईपीएल)मा शुक्रबार एउटा खेल हुँदैछ । शुक्रबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोरु खेल्दैछन् । यो खेल राति पौने ८ बजे सुरु हुनेछ ।

गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ ।

हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो । लखनउको जीतमा निकोलस पुरनले सर्वाधिक ७० रन बनाए । मिचेल मार्शले ५२ रन जोडे ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।

हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए । अनिकेत बर्माले ३६ रन जोडे । लखनउको लागि शार्दुल ठाकुरले ४ विकेट लिए ।

पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको लखनउको यो पहिलो जीत हो । हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो ।