काठमाण्डु- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार राति कोलकाता नाइट राइडर्स र सनराजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे कोलकाताको घरेलु मैदान इडन गार्डेनमा हुनेछ ।
कोलकाता यो सिजन अजन्क्या रहाणेको कप्तानीमा छ भने हैदरावादको कमानी प्याट क्युमिन्सले गरेका छन् ।
जारी सिजन दुवैले तीन खेलमा एकएक खेलमात्र जितेका छन् । रन रेटमा पछि पर्दै अंक तालिकाको पुछारमा रहेको कोलकाता मुम्बई इण्डियन्स र रोएल च्यालेन्जर्स बेंगलुरुसँग पराजित भएको थियो भने राजस्थान रोएल्सलाई भने हराएको थियो ।
समान अंक भएपनि रनरेटका कारण आठौं स्थानमा रहेको हैदरावादले भने पहिलो खेलमा राजस्थान रोएल्सलाई हराएको थियो । देल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्ससँग भने हैदरावाद हारेको थियो ।
आफ्नो चौथो खेलमा विजयी भए कोलकाताले एकै पटक कम्तीमा पाँच स्थान सुधार गर्नेछ भने हैदरावाद विजयी भए पाँचौ स्थानमा उक्लनेछ ।
प्रतिक्रिया