काठमाण्डु – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबारसनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे हैदराबादमा हुनेछ ।
हैदराबाद चार खेलमा दुई अङ्कसहित तालिकाको पुछारमा छ । तीन खेल खेलेको गुजरात चार अङ्कसहित तेश्रो स्थानमा छ ।
हैदरावादले अहिलेसम्म एक पटक आइपीएलको उपाधि उचालेको छ । हैदरावादले २०१६ मा आइपीएलको उपाधि जितेको हो ।
यस्तै गुजरात टाइटन्सले पनि एक पटक उपाधि जितेको हो । २०२२मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई हराउँदै उपाधि जितेको थियो ।
प्रतिक्रिया