हिमालयन पुनर्बीमाको आईपीओका लागि ३४ हजार २११ आवेदन

हिमालयन पुनर्बीमाको आईपीओका लागि ३४ हजार २११ आवेदन


काठमाण्डु – हिमालयन पुनर्बीमाको आईपीओका लागि ३४ हजार २११ आवेदन परेका छन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी गरिएको १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयरमध्ये ३४ हजार २११ आवेदकबाट ४५ लाख ८४ हजार ८१० कित्ता शेयरका लागि आवेदन परेको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रेषित गरेको विज्ञप्तिमा उल्लेख छ, ‘आरक्षित वैदेशिक रोजगार कोटा अन्तर्गत प्रिमियम मूल्यमा सदस्यताका लागि खोलिएको ३० लाख कित्ता शेयरमध्ये ३४,२११ आवेदकबाट ४५,८४,८१० कित्ता शेयरका लागि आवेदन परेको थियो । यो अहिलेसम्मको रेकर्ड ब्रेकर ओभर सब्सक्रिप्सन हो, अहिलेसम्म ३०,३४८ आवेदकहरूबाट मात्र १६,९०,००० इकाई उच्चतम आवेदन प्राप्त भएको थियो ।’

प्राप्त आवेदनले कम्पनीलाई अझ उचाइमा पुर्‍याउन थप समर्पित गरेको कम्पनीले जनाएको छ । कम्पनीले भनेको छ, ‘सर्वसाधारणले हामीलाई देखाएको विश्वासबाट अभिभूत भएका छौं र अब कम्पनीलाई अझ उचाइमा पुर्‍याउन थप समर्पित छौं ।’