सान्भि इनर्जीको आइपिओ निष्कासन, क–कसले भर्न पाउछन्

सान्भि इनर्जीको आइपिओ निष्कासन, क–कसले भर्न पाउछन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज (शुक्रबार)बाट सान्भि इनर्जी लिमिटेडले आइपीओ निष्कासन गरेको छ ।

कम्पनीले जारी पुँजीको ३३.०७ प्रतिशत अर्थात् २९ करोड १० लाख रुपैयाँ बराबरको २९ लाख १० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू र आयोजना प्रभावित बासिन्दालाई आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले ३७ करोड ९० लाख रुपैयाँ बराबरको ३७ लाख ९० हजार कित्ता सेयर १०० रुपैयाँका दरले आइपीओ निष्कासनको अनुमति पाएको थियो ।

जसमध्ये ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर इलाम नगरपालिका–१०, माईजोगमाई गाउँपालि–१, ३ र ४, सूर्योदय नगरपालिका–१० र ११ का आयोजना प्रभावित बासिन्दाको लागि खुलेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले जेठ ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको २ लाख ९१ हजार कित्ता सेयरमा वैशाख १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई बाँडफाँड गरिसकेपछि कम्पनीले अनि सर्वसाधारणको लागि आईपीओ आवेदन खुलाउने छ ।

कम्पनीले बिक्री प्रबन्धक र धितोपत्र निष्कासनको जिम्मा नेपाल एसबीआई मर्चेण्ड बैंकलाई दिएको छ ।