हाथवे इन्भेष्टमेन्ट र अभियान लघुवित्तले आईपीओ जारी गर्ने

हाथवे इन्भेष्टमेन्ट र अभियान लघुवित्तले आईपीओ जारी गर्ने


काठमाण्डु – हाथवे इन्भेष्टमेन्ट नेपाल र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गर्ने भएका छन् । हाथवेले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार र अभियान लघुवित्तले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेका हुन् ।

हाथवेले आइतबार कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आइतबार कम्पनी र क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको हो ।

सम्झौतमा उल्लेख भए अनुसार हाथठवेले प्रतिकित्ता ५० रुपैयाँका दरले नै सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको संस्थाले देशभर ६० वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । चालु आर्थिक वर्ष २०७८/७९ भित्र थप ६ वटा शाखा कार्यालय सञ्चालनमा ल्याउने संस्थाको तयारी छ ।