ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट

ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट


काठमाण्डु- ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटका अनुसार उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा भाग्यमानी २ लाख ८७ हजार ५०० जना आवेदकले १०(१० कित्ता सेयर पाएका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३१ करोड २५ लाख रुपैयाँको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकोमा ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारी, १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोष र बाँकी २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । जसमा सर्वसाधारण २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए ।