काठमाण्डु- हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । मंगलबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ बाँडफाट गरेको हो ।
स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ जनाले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । सोमध्ये भाग्यमानी दुईजनाले ११ कित्ता सेयर प्राप्त गरेका छन्।
कम्पनीले असार १५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदनमध्ये १५ लाख ९३ हजार ७९६ स्वीकृत गरेको हो।
बाँकी कुल आवेदनमध्ये १ हजार ६११ आवेदन रद्द भएको कम्पनीले जनाएको छ। कम्पनीले असार १५ गतेदेखि प्रतिशेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
प्रतिक्रिया