इष्टर्न हाइड्रोपावरको आइपीओ खुला

इष्टर्न हाइड्रोपावरको आइपीओ खुला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयरमा बिक्री नभएर बाँकी रहेका ५० हजार तीन सय १० कित्तासहित कुल ६ लाख ७० हजार तीन सय १० कित्ता शेयर एक सय रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गरेको छ ।

कुल निष्कासित शेयरमध्ये ३३ हजार पाँच सय १५ कित्ता सामूहिक लगानी कोष र १३ हजार चार सय छ कित्ता शेयर कर्मचारीलाई छुट्याई बाँकी छ लाख २३ हजार तीन सय ८९ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिएको आह्वानपत्रमा उल्लेख छ ।

लगानीकर्ताले निष्कासन गरेका शेयरमा आगामी कात्तिक १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म खरिदका गर्न आवेदन दिन सक्ने र उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा कात्तिक १४ गतेसम्म समय थप हुने छ ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरी विद्युत् उत्पादन गर्दै आएको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुका साथै ‘मेरो शेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ ।