ट्रम्प सुट–बुट लगाउने आतंकवादी : इरान

ट्रम्प सुट–बुट लगाउने आतंकवादी : इरान


तेहरान – इरानी मेजर जनरल कासिम सुलेमानी मारिएपछि इरान तथा अमेरिकाबीच वाकयुद्ध नै चलेको छ ।

एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिँदै इरानका ५२ स्थानको पहिचान भइसकेको र त्यसैले बदलाको नियतबाट कुनै कारवाही नगर्न चेतावनी दिएका छन् । अर्कातिर इरानले ट्रम्पलाई सुट लगाउने आतंकवादी भएको र उनलाई छिट्टै आफ्नो इतिहास बताउने बताएको छ ।

इरानका सूचना तथा दुरसंचार मन्त्री मोहम्मद जावेद अजारी–जहारोमीले ट्वीटरमा लेखेका छन्, “आईएसआइएस, हिटलर तथा चंगेज खान सबै सभ्याता बिरोधी थिए । ट्रम्प पनि यस्तै किसिमका एक आतंकवादी हुन्, जसले सुट लगाएका छन् । उनलाई छिट्टै पाठ सिकाइने छ र महान सभ्यता भएको राष्ट्र इरानलाई कसैले हराउन नसक्ने बताइन्छ ।”

अमेरिकाले शुक्रबार ३ डिसेम्बरमा मिसाइल हमला गरेर इरान समर्थित कुर्दस जनलर कासिम सुलेमानीलाई मारेको थियो । जनरल सुलेमानी बगदाद एयरपोर्टमा रक्षक दलका साथ गइरहेको समयमा अमेरिकाले उक्त हमला गरेको थियो ।