ट्रम्पलाई चुनौती दिँदै इरानले भन्यो : हाम्रो निशाना अमेरिकाको १४० स्थानमा

ट्रम्पलाई चुनौती दिँदै इरानले भन्यो : हाम्रो निशाना अमेरिकाको १४० स्थानमा


तेहरान – कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदी इरानले अमेरिकी जवान र सम्पत्तिमा हमला ग¥यो भने अमेरिकाले इरानको ५२ स्थानलाई निशाना बनाउने चेतावनी दिएका थिए ।

यसको जवाफमा अब इरानको कुर्दस फोर्सले आफुले अमेरिका र उसका सहयोगी देशको १४० ठेगानालाई निशाना बनाएको जनाएको छ । फोर्सले भनेको छ, “यदी अमेरिकाले मिसाइल हमलाको प्रतिक्रियामा इरानलाई कुनै नोक्सानी पु¥याउने कोशिश गरेमा आफुले पनि यी सबै ठेगानालाई निशाना बनाउने छ ।”

इरानी टेलिभिजको अनुसार सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको कार्यालयका एक अधिकारीले अमेरिकालाई जवाफ दिने कैयौ तरिका मध्ये मिसाइल हमला सबैभन्दा कमजोर तरिका भएको बताएका छन् । इरान यो भन्दा पनि कडा तथा ठूलो कदम उठाउने क्षमता राख्ने उनले बताए ।

२००३ मा सद्दाम हुसेनको सत्ता हटेपछि अमेरिकी सेनाले अल असद बेसमा आफ्नो अड्डा बनाएको थियो । यो इराकमा सबैभन्दा ठूलो वायुसैनिक अड्डा हो । यहाँ अमेरिका तथा उसको गठबन्धनको सहयोगी देशका कुल १ हजार ५०० सैनिक हर पहर तैनाथ रहने गरेका छन् । याहा नर्वेको करिब ७० सैनिक तैनाथ रहेका छन् । २०१८मा मात्रै ट्रम्पले याहाँ आफ्नी श्रीमती मेलानिया ट्रम्पसँगै भ्रमण गरेका थिए ।