इरानी धम्कीपछि धमाधम इराक छोड्न थाले अमेरिकी

इरानी धम्कीपछि धमाधम इराक छोड्न थाले अमेरिकी


बगदाद – अमेरिकी हमलापछि इरानको बदला लिने धम्कीले विश्वमै हलचाल मच्चिएको छ । बगदादमा अमेरिकी दूतावासले आफ्ना नागरिकलाई तत्काल इराक छोड्नक लागि अपिल गरेको छ ।

यसपछि इराकी तेल कम्पनीले अमेरिकी कर्मचारीलाई फिर्ता बोलाउन थालेका छन् । बेलायती विदेश मन्त्री डोमिनिक रबले पनि आफ्ना नागरिकलाइै इराकबाट फिर्ता हुन सल्लाह दिएका छन् ।

उनले सबै पक्षलाई संघर्ष कम गर्नका लागि आग्रह गरेका छन् । अगाडिको संघर्ष आफ्नो हितमा नभएको उनले बताए । बेलायतले मध्यपूर्वमा आफ्नो सैन्य अड्डाको सुरक्षा पनि बढाएको छ । इराकमा मात्रै बेलायतको करिब ४०० सैनिक तैनाथ रहेका छन् ।

यसैगरी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ग्रिसको भ्रमण बीचमै छोडेर स्वदेश फर्किएका छन् । देशको सेनालाई उच्च सतर्कतामा राखिएको इजारालयको सेनाले बताएको छ ।

विशेषज्ञका अनुसार ठूला सैन्य अधिकारीको मृत्यू यो क्षेत्रका लागि ठूलो टर्निङ पोइन्ट हो । इरानले यो हमलाको कडा जवाफ दिने मानिदै आएको छ ।

जसका कारण अवस्था बिग्रन सक्छ । जवाफी हमलामा अमेरिका तथा इजरायली स्वार्थमा नोक्सानी हुन सक्ने बताइँदै आएको छ ।