इरान – गत डिसेम्बर ३ मा अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य प्रमुख मारिएपछि ईरानले आक्रमणको बदला लिने बताएको सोही अनुरुप इराकमा रहेको अमेरिकी सैन्य आधारमा रकेट आक्रमण समेत गरेको थियो ।
उक्त आक्रमणमा ईरानले ८० भन्दा बढी अमेरिकी सैनिक मारिएको दाबी समेत गर्यो । तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै अमेरिकी सैन्य अखडामा कुनै हताहती नभएको र सामान्य मात्रै क्षति पुगेको बताए ।
तर अमेरिका–इरान दुवैले आफूहरुले युद्ध नचाहेको बताउँदै आएका छन् । यसै सन्दर्भमा अमेरिकासँगको तनाव कम गर्न भारतले पहल गरेमा आफू यसका लागि तयार भएको इरानले जनाएको छ ।
भारतका लागि ईरानी राजदूत अली चेगेनीले पनि विश्वमा शान्ति बनाइ राख्न भारतले राम्रो भूमिका निभाउँदै आएको बताएका छन् ।
उनले भने, ‘हामी युद्ध गर्न तत्पर छैनौ । हामी सबै क्षेत्रमा शान्ति र पारस्परिक सहकार्यका लागि तयार छौँ । शान्ति र सहकार्यलाई बढाउने जुनसकै भारतीय सहयोगका लागि हामी तयार छौँ । ’
प्रतिक्रिया