तेहरान – अमेरिकी हमलामा इरानका जनरल कासिम सुलेमानीको हत्यापछि पश्चिम एसियामा तनाव बढ्दै गएको छ । इरानले बारम्बार अमेरिकी हमलाको बदला लिने बताउँदै आएको छ । आइतबार इरानी सांसद अबुल फजल अबुतोराबीले संसद सत्रमा अमेरिकाको ह्वाइट हाउमा हमला गर्ने धम्की दिएका थिए । उनले अमेरिकीलाई उनीहरुको भूमिमै पाठ सिकाउने बताएका छन् ।
इरानी संसदमा अमेरिकाको बिरुद्धमा ठूलै नराबाजी समेत भएको छ । सांसदले अमेरिकामाथि हमला गर्ने माग गरेका छन् । इरालने पहिलेनै ३५ अमेरिकी ठेगानमा हमला गर्ने धम्की दिइसकेको छ । यसैगरी अमेरिकाले पनि यदी फेरी हमला भयो भने उसलाई गतिलो जवाफ दिने चेतावनी दिएको छ । क्षेत्रमा युद्ध जस्तो अवस्था देखिएको छ ।
फेडरेसन अफ अमेरिकन साइन्टिस्ट इन्टरनेशनल क्राइसिस ग्रुपको आंकडाका अनुसार पुरै पश्चिम एशियामा इरानको चारैतर्फ ६७ हजार ९०६ अमेरिकी सेना पहरा दिइरहेका छन् र कुनैपनि अप्रत्याशित अवस्थासँग जुझ्नका लागि सक्षम छन् । यसका अलावा इरानसँग तनाव बढेपछि थप ३ हजार अमेरिकी सेना पश्चिम एशियामा पठाइएको छ ।
कुल मिलाएर ७० हजार अमेरिकी सेना इरानको कुनैपनि हमलासँग जुझ्नका लागि तयारी अवस्थामा रहेका छन् । पश्चिम एशियामा टर्की, सिरिया र इराकमा क्रमशः २५००, ८०० र ६००० सेना रहेका छन् । यसैगरी जोर्डन, कुवेत र साउदी अरेबियामा ३०००, १३००० र ३००० सेना रहेका छन् ।
प्रतिक्रिया