इरानी सैन्य काण्डर मार्ने ड्रोन किन्न चाहन्छ भारत

इरानी सैन्य काण्डर मार्ने ड्रोन किन्न चाहन्छ भारत


एजेन्सी- अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्प यसै महिना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको भ्रमणमा आउने भएका छन् । यो अवधिमा दुवै नेता स्वाभाविक सहयोगका लागि महत्वाकांक्षी भिजनको रुपरेखा तयार गर्नेछन् । ट्रम्प नयाँ दिल्लीका अलावा अहमदावाद पनि जानेछन् ।

त्यहाँ उनले हालै निर्माण भएको रंगशालामा मोदीसँगै आम सभालाई पनि सम्बोधन गर्नेछन् । तर ट्रम्पको यात्रालाई ऐतिहासिक बनाउने अर्को चीज पनि रहेको छ । त्यो हो इरानी सैन्य कमाण्डर कासिम सुलेमानीलाई मार्ने ड्रोनप्रति भारतको चासो ।

ट्रम्पको भारत यात्राको समयमा उक्त ड्रोन प्रविधि किन्नका लागि भारतसँग अमेरिकी सम्झौता हुन सक्छ । सरकारी सुत्रका अनुसार भारत अमेरिकाले हमलामा प्रयोग गरेको प्रविधि चाहन्छ । किनकी यो ड्रोनले गुप्त रुपमा प्रवेश गरेर आफ्नो मिसाइलबाट इरानी सैन्य कमाण्डरमा सटीक निशाना लगाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा भन्दा पहिले एक शीर्ष सरकारी सुत्रले यो जनाकारी दिएको हो । ३ जनवरीमा बगदादमा अमेरिकी सेनाले ड्रोन हमलामा इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्या गरेको थियो । सुत्रका अनुसार यो प्रविधिबाट पाकिस्तानमा लुकेका आतंककारीलाई सहजै निशाना बनाउन सकिन्छ ।

मुम्बईमा २६-११ र १४ फेब्रुअरीको पुलवामा जस्ता खतरनाक आतंकवादी हमलाको योजना रच्ने पाकिस्तानमा लुकेर बसिरहेका छन् । जैस-ए-मुहम्मद प्रमुख मसूद अजहर र लश्कर प्रमुख हाफिज सईद जस्ता आतंकवादी पाकिस्तानमा खुलेआम घुमिरहेकमा छन् र पाकिस्तानी सेनाको सहयोगमा भारतमाथि आक्रमण गर्दैै आएका छन् । यो प्रविधिको माध्यमबाट उनीहरुलाई निशाना बनाउन सकिन्छ । अमेरिकी राष्ट्रपतिको भारत भ्रमणको समयमा उक्त ड्रोन प्रविधि खरिद गर्ने मुद्धा उठ्न सक्छ ।