इराकमाथि लगातार दोस्रो दिन अमेरिकी हवाई आक्रमण, ६ को मृत्यू

इराकमाथि लगातार दोस्रो दिन अमेरिकी हवाई आक्रमण, ६ को मृत्यू


बगदाद – अमेरिकाले लगातार दोस्रो दिन इराकमा हवाई हमला गरेको छ । यो हमलाबाट हालसम्म ६ मानिसको मृत्यू भइसकेको छ ।

शुक्रबारको हमलामा अमेरिकाले इरानका वरिष्ठ सैन्य जनरल कासिम सुलेमानीलाई बगदादमा मारेको थियो । शनिबार भएको हमला बगदादको उत्तरी इलाकामा ताजी रोडको नजिक भएको थियो ।

इराकका सारकारी अधिकारीका अनुसार हवाई हमलाले दुई कारलाई निशाना बनाएको थियो । जसमा इरान समर्थित लडाकु सवार थिए ।

इराकका अधिकारीका अनुसार यो हमलाम हशद–अल–साबीका ६ लडाकु मारिएका छन् । यद्यपि हमलामा मारिएका मानिसको पहिचान भने हुन सकेको छैन ।

रिपोर्टका अनुसार अमेरिकाले यो हमला इराकको हसद–अल–साबीका कमाण्डरको रक्षा दिलालाई निशाना बनाएर गरिएको थियो । यसमा ६ मारिएका छन् ।

इराकको सरकारी टिभीले हमलाको पुष्टि गर्दै बगदादको उत्तरस्थित ताजी रोडमा हमला भएको जनाएको छ । यद्यपि हमलामा मारिनेको पहिचान अहिलेसम्म पनि हुन सकेको छैन ।