चिनियाँ राजदूतसँगको भेटमा रक्षामन्त्री पोखरेलले भने–‘अब सेनास्तरमा सम्बन्ध विस्तार’

चिनियाँ राजदूतसँगको भेटमा रक्षामन्त्री पोखरेलले भने–‘अब सेनास्तरमा सम्बन्ध विस्तार’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले भेट गरेकी छन्। रक्षा मन्त्रालयमा बुधबार भएको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पनि सम्बन्ध विस्तार हुनुुपर्ने बताए।

भेटमा रक्षामन्त्री पोखरेलले नेपाल सधैँ एक चीनको पक्षमा रहने कुरामा विश्वस्त पारेको बताइएको छ। मन्त्री पोखरेलले दुवै देशको हितमा हुने सूचना आदानप्रदान लगायत विकास गर्नेबारे भएका सहमति कार्यान्वयन गर्नेबारे कुरा राखेको मन्त्रालयका प्रवक्ता ऋषि राजभण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चिनियाँ होङले पोखरेललाई बधाई दिनुुका साथै नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गर्दै दुई देशबीच परस्पर सहयोग अभिवृद्धि हुने विश्वास व्यक्त गरेकी थिइन्। भेटका अवसरमा मन्त्रालयका सचिव विनोद केसी, उच्च सैनिक अधिकारी, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो।