काठमाण्डु- नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शनिबार सुपर स्याटरडे दुई खेल हुँदैछ । तेस्रो सिजनमा पहिलो पटक एकै दिन दुई खेल हुन लागेको हो ।
जसमा पोखरा थण्डर्सले काठमाडौं रेजर्सको सामान गर्नेछ भने ललितपुर र धनगढीबीच प्रतिस्पर्धा हुनेछ ।
सुपर स्याटरडेमादुवै खेल प्रतिस्पर्धात्मक हुनेछ छ । किनभने दुई पूर्व विजेता र दुई पटकको उपविजेता आजै मैदान उत्रँदैछन् ।
काठमाडौं र ललितपुर पूर्व विजेता हो भने धनगढी दुई पटकको उपविजेता हो ।
पोखरा र काठमाडौंबीचको खेल दिउँसो साढे दुई बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।
यस्तै धनगढी र ललितपुर बीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । ललितपुर तेस्रो र धनगढी दोस्रो खेल खेल्दैछ । दुवै टोली लगातार जित निकाल्ने लक्ष्यमा छन् । ललितपुर दुई खेलबा६ ४ अंकसहित दोस्रो स्थानमा र धनगढी एक खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया