इजरायलले प्यालेस्टिनीलाई भन्यो-गाजा शहर खाली गर

इजरायलले प्यालेस्टिनीलाई भन्यो-गाजा शहर खाली गर


काठमाण्डु- इजरायली सेनाले प्यालेस्टिनीहरूलाई गाजा शहर खाली गर्न आग्रह गरेको छ । उत्तरी गाजामा तीव्र सैन्य कारबाहीकाबीच सेनाले गाजाका दक्षिणदेखि मध्य गाजा पट्टीसम्मका सबै क्षेत्र खाली आग्रह गरेको हो । सेनाले विमानबाट पर्चा खसालेर त्यहाँका स्थानीयलाई सुरक्षित मार्गबाट खतरनाक युद्ध क्षेत्र छोड्न भनेका बीबीसीले जनाएको छ ।

गाजा खाली गर्न पटक–पटक भइरहेको आदेशप्रति संयुक्त राष्ट्र सङ्घले चिन्ता व्यक्त गरेको छ । युद्ध शुरु भएपछि गाजा शहरलाई पूर्ण रूपमा खाली गर्न भनिएको यो दोस्रो पटक हो । पछिल्ला दुई हप्तामा इजरायली सेनाले गाजा शहरका धेरै जिल्लाहरूमा पुनः प्रवेश गरेर नियन्त्रणमा लिने प्रयास गरेको छ ।

इजरायलको नयाँ गतिविधिले सम्भावित युद्धविराम र बन्धक रिहाइ सम्झौतामा बुधबार कतारमा पुनः शुरु भएको वार्तालाई प्रभावित पार्नसक्ने विद्रोही समूह हमासको प्रतिक्रिया छ । गाजामा अझै २ लाख ५० हजारभन्दा धेरै मानिस बसोबास गरिरहेका अनुमान छ ।