इजरायलमा आज हडताल, प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन

इजरायलमा आज हडताल, प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन


काठमाण्डु-इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनका प्रमुखले गाजा बन्धकहरूको समर्थनमा आजका लागि ‘पूर्ण हडताल’को आदेश दिएका छन् । उनले ६ बन्धकको शव फेला परेपछि उनीहरूको रिहाइ सुरक्षित गर्न सम्झौता गर्न आग्रह गरे ।

‘हामीले बन्धकहरूलाई परित्याग गर्न रोक्नुपर्छ, म हाम्रो हस्तक्षेपले मात्र हल्लाउनु पर्नेहरूलाई हल्लाउन सक्छ भन्ने निष्कर्षमा पुगेको छु’, हिस्टाड्रटका अध्यक्ष अर्नोन बार डेभिडले जारी गर्दै भने, ‘सोमबार बिहान ६ बजेदेखि सम्पूर्ण इजरायली अर्थतन्त्र पूर्ण हडतालमा जानेछ ।’

हडतालको हिस्साका रूपमा ‘बेन गुरियन विमानस्थलमा सबै प्रस्थान र अवतरण स्थानीय समयानुसार बिहान ८ बजेदेखि बन्द हुने’ उनले बताए ।

यसअघि आइतबार इजरायली सेनाले एक सुरुङमा ६ बन्धकको शव फेला पारेको बताएको थियो । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शन सुरु भएको हो ।

प्रधानमन्त्री बिन्यामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्छ भन्ने इजरायली नागरिककको माग छ ।

तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू सडकमा निस्किएका छन् ।

प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न खासै पहल नगरेको उनीहरूको आरोप छ ।
गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाएको थियो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा रहेको सुरुङमा ६ वटा शव फेला पारेको बताएको थियो ।