इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित

इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिणी गाजापट्टीको नयाँ विभाजन रेखा ‘मोराग करिडोर’ नजिकै इजरायली सेनाद्वारा सैन्य बफर क्षेत्र विस्तारले धेरै प्यालेस्टिनीहरूलाई विस्थापित गराउन थालेको छ ।

विस्थापितका कारण मानवीय संकट थप गहिरिने संकेत देखिएको छ ।

१८ मार्चमा गाजामा व्यापक सैन्य कारबाही पुनः सुरु गरेपछि इजरायली रक्षा बलले रफाह र खान युनिसलाई विभाजन गर्ने ‘मोराग करिडोर’ स्थापना गरेको थियो । बुधबार इजरायली सेनाले करिडोर विस्तार गरिरहेको र इजरायली सैन्य नियन्त्रणमा रहेको एन्क्लेभको लगभग एकतिहाइलाई सुरक्षा क्षेत्रमा परिणत गरेको थियो ।

करिडोरको छेउमा धेरै प्यालेस्टिनीहरू गधा, गाडा, साइकल र ट्रकहरूको सहायतामा आफ्ना सामानहरू बोकेर भागिरहेको समाचार एजेन्सीले जनाएका छन् ।

इजरायली सेनाले आफ्नो सैन्य बफर क्षेत्र विस्तार गर्ने तयारीमा स्थानीय प्यालेस्टिनीहरूलाई थप खाली गर्ने योजना बनाएको थियो । प्रमुख कृषि उत्पादन क्षेत्र, दक्षिणी गाजाको अवरोधले स्थानीय खाद्य आपूर्तिमा गम्भीर असर पार्ने र पट्टीमा पहिले नै गम्भीर मानवीय संकट थप गहिरिने देखिएको छ ।

दक्षिणी गाजाको ‘मोराग करिडोर’ क्षेत्रमा ठूलो संख्यामा कृषि सुविधाहरू र अन्न भण्डारहरू रहेका छन् । इजरायली सेनाले करिडोर स्थापना गरेपछि खाद्य सुरक्षामा संकट आएको छ । जसले स्थानीय जनसंख्याको विस्थापनलाई अझ बढाउँदै लगेको छ । (सीसीटीभीप्लस)