काठमाण्डु- इजराल र लेबनानबीच बुधवारबाट लागु हुनेगरी युद्धविराम भएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको घोषणा गरेका थिए । बाइडनको घोषणालाई फ्रान्सले पनि समर्थन गरेको छ ।
युद्धविराम सम्झौता कार्यान्वयन हुने केही क्षणअघि समेत लबनानको राजधानी बेरुतमा इजरायली हवाई हमलाहरू भएको छ । युद्धविराम सुरु हुनुभन्दा केही घण्टाअघि पनि दुवै तर्फबाट सीमा पार हमलाहरू भएको थियो ।
करिब एक वर्षदेखि लेबनानसमर्थित हिज्बुल्लाहले गरेका रकेट हमलाको जबाफमा झन्डै दुई महिनाअघि इजरायली फौजले लेबनननमा स्थल अतिक्रमण सुरु गरेका थिए । लेबननमा हुने युद्धविरामले गाजामा जारी इजरायलको युद्धलाई प्रत्यक्ष प्रभाव पार्दैैन ।
युद्धविरामका सर्त अनुसार ६० दिनभित्र इजरायली फौज लेबनानबाट फिर्ता हुनेछ भने हिज्बुल्लाहका लडाकुहरूलाई सोही अवधिभित्र देशको दक्षिणमा हजारौँको संख्यामा लेबनानी सेनाले विस्थापित गर्नेछन् ।
राष्ट्रपति बाइडनले सीमाका दुवैतर्फ विस्थापित बनेका हजारौँ मानिसहरू छिट्टै आफ्नो घर फर्कन सक्ने बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौताले आफ्नो सरकारलाई इरानबाट हुने जोखिममा केन्द्रित हुन सघाउने प्रतिक्रिया दिएका छन् । तर हिज्बुल्लाहले सम्झौता तोडेमा इजरायली सेनाले बलपूर्वक प्रतिक्रिया जनाउने चेतावनी दिएको छ ।
लेबनानका प्रधानमन्त्री नजीब मिकातीले यस युद्धविरामलाई पुनः स्थिरता कायम गर्नका लागि आधारभूत कदम भएको भन्दै युद्धविरामको स्वागत गरेका छन् । हिज्बुल्लाहका ठाउँमा अब लेबनानको राष्ट्रिय सेना र लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज (यूनिफिल) खटिएर त्यहाँको रिक्तता पूरा गर्नेछन् । पाँच देशहरूको समिति र सम्झौता गराउने कामको अमेरिकाले निगरानी गर्नेछ ।
बीबीसीका अनुसार तर लेबनानी सेना सधैँ हिज्बुल्लाहभन्दा निकै कमजोर छ र यूनिफिल हिज्बुल्लाहलाई इजरायलतर्फ रकेट प्रहार गर्न दिन बिफल भएको छ । यस युद्धविरामसँगै अब ध्यान गाजातर्फ मोडिएको छ । जहाँ समेत यस विकासक्रमले छिटै युद्धविराम हुने बाटोतर्फ डो¥याउने प्यालेस्टिनीहरूको आशा छ ।
अन्यले भने यसले हमासविरुद्धको हमलालाई बढाउन इजरायली सेनालाई सहज पारिदिएको र त्यसले थप सर्वसाधारणको हताहत बढाउने बताएका छन् । त्रिपक्षीय संयन्त्रमा अमेरिका र फ्रान्स पनि
धेरै इजरायलीहरूले नेतन्याहूले लेबनानमा युद्ध जारी राखुन् भन्ने चाहन्छ । त्यस क्षेत्रमा सम्झौता कार्यान्वयन गराउनका लागि अमेरिका र फ्रान्स यसअघि कायम रहेको त्रिपक्षीय संयन्त्रमा संलग्न हुनेछन् । जसमा यसअघि लेबननाी सेना, इजरायली सेना र राष्ट्रसङ्घीय शान्ति सेना थिए ।
लेबनानमा अमेरिकी सेना खटिने छैन । तर, अमेरिका र फ्रान्सले लेबनानी सेनालाई तालिम र सञ्चारमार्फत् सघाउनेछन् । दक्षिण लेबनानमा युद्धविराम कायम रहिरहने अवस्था बनाउन त्यहाँको आर्थिक पूर्वाधार विकासमा साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले इजराल र लेबनानबीचको युद्धविराम सम्झौताले हिंसा, विध्वंस र पीडालाई अन्त्य गर्ने आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया