एजेन्सी – आइतबार इजरायली सेनाको ट्वीटर एकाउन्टबाट एक युवतीले सेल्फी लिइरहेको तस्बिर पोष्ट गरिएको छ । त्यसपछि एकछिन ट्वीटरमा हंगामा मच्चिएको थियो । प्रयोगकर्तामाझ एकाउन्ट ह्याक भएको चर्चा सुरु भयो । धेरै संख्याका मानिसनले ट्वीट गरेर इजरायली सेनालाई ट्रोल गर्न थाले ।
इजरायली सेनालाई ट्याग गर्दै एचडी नामका युजरले लेखे, “के यो नयाँ मिसाइल हो ?” लिमिटेड ब्रैडस्टिकले लेखे, “म झुठो बोलिरहेको छैन । यी मेरी गर्लफ्रेन्ड हुन् । उलने १ घन्टा पहिले मलाई भनेकि थिइन कि म सुत्न जादै छु । के तपाई म सँग ठट्टा गरिरहनु भएको छ ।”
ट्रोल भएको करिब ३० मिनेटपछि इजरायली सेनाले यसको स्पष्टिकरण दिएको छ । इजरायली सेनोले भनेको छ, “आईडीएफ सेनाको फोन ह्याक गर्न सकियोस भनेर हमास यसको जस्तै फोटोको प्रयोग गरेर नक्कली सोशल मीडिया प्रोफाइल बनाउँछ । इजरायली गुप्तचर एजेन्सीले हमासको यस किसिमको षडयन्त्रलाई काम नलाग्ने बनाएको हमासलाई थाहा छैन । गुप्तचरले उनीहरुको मालवेयरलाई ट्रयाक गरेर उसको ह्याकिङ सिस्टमलाई डाउन गरिदिएको छ ।”
प्रतिक्रिया