इजरायली आक्रमणमा परी बुधबारमात्र १३ सर्वसाधारणको मृत्यु

इजरायली आक्रमणमा परी बुधबारमात्र १३ सर्वसाधारणको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– बुधबार मध्यरातदेखि प्यालेस्टिनी भूभागमा भएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।

गत जनवरी १९ मा प्यालेस्टिनी लडाकु हमास र प्यालेिस्टनी लडाकू हमासबीच भएको युद्धविरामपछि इजरायलले गाजा पट्टीमा मङ्गलबार र बुधबार सबैभन्दा धेरै आक्रमण गरेको छ ।

निकायका प्रवक्ता महमुद बासलले एएफपीसँग भने, “इजरायलले बुधबार ‘धेरै हवाई आक्रमण’ गरेको छ । आक्रमणका कारण खान युनेस र गाजा शहरमा १३ जनाको मृत्यु हुनुका साथै महिला र बालबालिकासहित दर्जनौं घाइते भएका छन् ।”

युद्धविराम लम्ब्याउने विषयमा भएको वार्ता विफल भएपछि भएको हवाइ आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मङ्गलबार राति चेतावनी दिँदै आक्रमण ‘सुरुवात मात्र भएको’ र भविष्यमा हमाससँगको वार्ता ‘युद्ध कै बीचमा मात्र हुने’ चेतावनी दिएका छन् ।

“हमासले विगत २४ घण्टामा हाम्रो हाम्रो शक्ति महसुस गरिसकेको छ र म तपाईंहरूलाई वचन दिन चाहन्छु यो केवल सुरुवात मात्र हो,” उनले एक भिडियो वक्तव्यमा भने ।

नेतन्याहूको कार्यालयले बुधबार बिहानै इजरायली सरकारले अति दक्षिणपन्थी राजनीतिज्ञ इतामार बेन गिभरलाई राष्ट्रिय सुरक्षा मन्त्रीमा पुनः नियुक्त गर्ने उनको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको जनाएको छ ।