इजरायलले गर्‍यो इरानमाथि हवाई आक्रमण

इजरायलले गर्‍यो इरानमाथि हवाई आक्रमण

File Photo

काठमाण्डु- इजरायली सेनाले तेहरानमा हवाई आक्रमणमा गरेकाे छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले राजधानी तेहरानमा धेरै विस्फोटको आवाज सुनिएको जनाएको छ । एक महिना अघि इरानले गरेको आक्रमणको प्रतिकार स्वरूप इजरायलले अहिले सो आक्रमण गरेको हो ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ, ‘विश्वका अन्य सार्वभौम राष्ट्रहरू जस्तै, इजरायली राष्ट्रसँग जवाफ दिने अधिकार र कर्तव्य छ।’ आइडीएफका प्रवक्ता ड्यानियल हगारी भन्छन् – अक्टोबर ७, २०२३ पछि ‘इरानको शासन र यस क्षेत्रका उसका सहयोगीहरूले इजरायलमाथि लगातार आक्रमण गरेका छन्।’

हगरीले भने, ‘हाम्रो रक्षात्मक र आक्रामक क्षमता पूर्ण रुपमा सक्रिय छ । हामी इजरायल राज्य र इजरायलका जनताको रक्षा गर्न आवश्यक पर्ने सबै गर्नेछौं।’ इरानको सरकारी सञ्चारमाध्यमले राजधानी तेहरानमा ठूलो विस्फोटको आवाज सुनिएको बताएको छ ।

समाचार एजेन्सी रोयटर्सले इरानको सरकारी टिभीलाई उद्धृत गर्दै भनेअनुसार एक इरानी गुप्तचर अधिकारीले इरानको वायु रक्षा प्रणाली सक्रिय भएको कारण ठूलो आवाजमा विस्फोट भएको हुनसक्ने बताएका छन्। यद्यपी इजरायलले इरानमा कुन किसिमको सैन्य निशाना बनाएको छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यस वर्ष इजरायलले धेरै इस्लामिक सैन्य समूहसँग युद्ध गरिरहेको छ । गाजामा हमास, लेबनानमा हिजबुल्लाह तथा यमनमा हुथीसँग इजरायलको लडाइ एकै पटक चलेको छ ।

अमेरिकाले पनि यस आक्रमणबारे प्रतिक्रिया जनाइसकेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमा गरेको आक्रमणमा आफ्नो कुनै संलग्नता नभएको जनाएका छन् । इरानमा आक्रमण भइरहेको समयमा प्रधानमन्त्री नेतान्याहु भने तेल अभिभस्थित किरिया सैन्य शिविरको बङ्करमा थिए ।