इजरायली सेनाद्वारा दक्षिण बेरुतका वासिन्दालाई गाउँ छोड्न निर्देशन, आक्रमण गर्ने चेतावनी

इजरायली सेनाद्वारा दक्षिण बेरुतका वासिन्दालाई गाउँ छोड्न निर्देशन, आक्रमण गर्ने चेतावनी


काठमाण्डु – इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै स्थानीय वासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न शनिबार आह्वान गरेको छ ।

दक्षिणी उपनगर दाहियाह र विशेषगरी हेरेट हरेइक र वरपरका वासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र छोड्न निर्देशन दिँदै इजरायली सैन्य प्रवक्ता अविचय अद्राईले एक्समा अरबी भाषामा लेखेकोे सन्देशमा भनेका छन्, ‘तपाईं हिजबुल्लाहसँग सम्बन्धित क्षेत्र र यसको वरपर रहनुभएको छ । इजरायली सेना (आईडीएफ) ले निकट भविष्यमा त्यस क्षेत्रमा कारबाही गर्न लागेको छ ।’

यसैबीच लेबनानको पूर्वी बेका उपत्यका क्षेत्रको एक शहरमा इजरायली आक्रमणमा परी शनिबार १ मेयरसहित ४ जनाको मृत्यु भएको लेबनानको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार बालौल शहरको एक आवासीय भवनमा भएको आक्रमणमा परी ४ जनाको मृत्यु भएको र उक्त आक्रमणमा नजिकैको सोहमोर शहरका मेयर हैदर शाहला पनि रहेको जनाइएको छ ।

यसैबीच, उद्धारकर्ताहरूलाई उदृत गर्दै गाजाबाट प्राप्त समाचारमा गाजाको उत्तरी क्षेत्रमा इजरायलले गरेको आक्रमणमा परी विगत २ हप्तामा ४०० भन्दा बढीको मृत्यु भएको उद्धारकर्ताले बताएका छन् ।