चितवन- गृहमन्त्री रामबहादुर थापाले अहिलेको समय विकास र समृद्धिको रहेको बताएका छन् । रत्नगर उद्योग वाणिज्य संघ रत्ननगरको १९ औँ साधारणसभाको साेमबार टाँडीमा उद्घाटन गर्दै उनले राजनीतिक व्यवस्था परिवर्तन भइसकेको भन्दै अबको समय विकास र समृद्धिको रहेको बताएका हुन् ।
विकास र समृद्धिका लागि बाधक बनेका ऐन नियमलाई परिमार्जन गर्दै देशमा अर्थतन्त्र आत्मनिर्भर बनाउनु आवश्यक रहेको बताउदै उनले विकासका निम्ति अनुशासन आवश्यक रहेकाले समाजमा हुने अपराध, भ्रष्टाचार र सिमानामा हुने अनैतिक क्रियाकलाप रोक्न जरुरी रहेको दावी गरे ।
अहिले भ्रष्टाचार मौलाउँदै गएको भन्दै मन्त्री थापाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता हुन जरुरी रहेको भन्दै उनले देशको विकासका लागि यातायातमा जस्तै कृषि क्षेत्र र अर्थतन्त्रमा देखिएका सिण्डिकेटको अन्त्य गर्नुपर्ने अाबश्यक रहेकाे दावि गरे। देशलाई आर्थिक समृद्धितर्फ लैजानका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै औद्योगिकीकरण गर्न जरुरी रहेको बताए ।
औद्योगिक क्षेत्रको सुरक्षाका लागि संगठित अपराध न्यूनीकरण गर्नु पर्ने भन्दै उनले कहीँ कतै त्यस्तो देखिए खबर गर्न आग्रह गरे । उनले भने, ‘औद्योगिक क्षेत्रमा संगठित अपराध चुनौती पूर्ण बन्न सक्छ, सूचना दिनुहोस् जोकोहीलाई पनि कानूनको दायरामा ल्याउँछाैँ ।’ चन्दा आतङ्क समाजका लागि एक किसिमको अपराध भएको उनले बताए । रासस
प्रतिक्रिया